अर्थ

तीन वर्षमा ६३ अर्ब सामाजिक सुरक्षा भत्ता, यस्तो छ वृद्धिदर
SHARES

चैत ३०, २०७४

    काठमाडौं : सरकारले दिने सामाजिक सुरक्षा भत्तामा सरकारको खर्च दायित्व निरन्तर बढ्दै गएको छ। सरकार फेरिएसँग सुरक्षा भत्ता वृद्धि गर्ने होडले सरकारको दायित्व बढ्दै गएको हो।

    आर्थिक वर्ष २०७२/०७३ को तुलनामा २०७३/०७४ मा झण्डै १८ अर्ब रुपैयाँले सामाजकि सुरक्षा भत्ता बढी गएको महालेखा परीक्षक कार्यालयको प्रतिवेदनमा उल्लेख छ। पछिल्लो तीन आर्थिक वर्षमा मात्रै ६३ अर्ब १३ करोड ८६ लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ता पुगेको छ।

    आर्थिक वर्ष २०७१/०७२ मा २१ लाख ६० हजार ५७६ जनालाई १२ अर्ब २६ करोड ३४ लाख रुपैयाँ वितरण गरिएको थियो। आर्थिक वर्ष २०७२/०७३ मा २२ लाख ६५ हजार ५३५ जनलाई १६ अर्ब १५ करोड आठ लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।

    आर्थिक वर्ष २०७३/०७४ मा २२ लाख ५५ हजार ५४७ जनालाई ३४ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ भत्ता गएको छ। सरकारले जेष्ठ नागरिक, विधवा, पूर्ण अपांग, अतिअशक्त अपांग, एकल महिला, बालबालिका, लोपोन्मुख/आदिवासी जनजातिसमेतलाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ।

    सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या व्यवस्थित गर्न पञ्जीकरण विभागले सफ्टवेयर विकास गरी तथ्यांक आद्यावधिक गर्दै आए तापनि २२ लाख ५५ हजार ५४७ मध्ये १६ लाख ८४ हजार ११३ को मात्र विवरण सफ्टवेयरमा राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]