|

काठमाडौं : शुक्रबारको अन्तिम साँझ सकिँदै गर्दा २०७४ साल पनि बिदा हुँदै गएकाे छ। शनिबार बिहानको घामको झुल्कोसँगै नयाँ उमंगका साथ नयाँ वर्ष २०७५ सुरु हुनेछ। नेपालमा विभिन्न जातजातिका संस्कृति मात्र होइन, सरकारी पात्रो नै विक्रम संवत्अनुसार चलेको छ। नयाँ वर्षसँगै सबैले आआफ्नै स‌ंकल्प गर्छन्। कसैले नयाँ वर्षमा नयाँ कामको थालनीसमेत गर्छन्।

धेरैले आजको दिनसँगै आफ्ना नराम्रा बानी छाड्ने संकल्प गर्छन्। आजको सूर्य अस्ताएसँगै २०७४ साल पनि सकिएको छ। २०७४ सालमा अन्तिम पटक अस्ताएको सूर्यलाई थाहाखबरका दीपक केसीले नियाल्ने प्रयास गरेका छन्।

वर्षको अन्तिम घाम अस्ताउँदै गर्दा काठमाडौंबाट यस्तो देखियोः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.