चार जिल्लामा परिचय नखुलेका नाममा एक करोड एक लाख

|

काठमाडौं: आर्थिक वर्ष २०७३/०७४ मात्रै झण्डै ३५ अर्ब रुपैयाँ सरकारले सामाजिक सुरक्षा भत्तामा खर्च गरेको छ। सरकारले यति ठूलो दायित्व बोक्नुपर्ने सामाजिक सुरक्षा भत्तामा बेथिति पनि बढ्दो देखिएको छ।

एउटै व्यक्तिले दोहोरो भत्ता पाउनेदेखि मृत्यु भएका मान्छेको नाममा समेत भत्ता निकासा भएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले पाँचथर, दोलखा, काभ्रेपलाञ्चोक र कालीकोटमा स्रोत परीक्षण गर्दा यस्तो देखिएको हो।

कार्यालयको प्रतिवेदनअनुसार चार जिल्लामा एउटै व्यक्तिलाई दोहोरो गरी १४ लाख ६५ हजार रुपैयाँ भुक्तानी दिएको छ। त्यस्तै, लगतमा नाम नभएका, नागरिकता नम्बर र परिचयपत्र नम्बर नखुलेका दुई हजार ४४० व्यक्तिका नाममा पनि रकम निकासा गरिएको छ। यसअनुसार एक करोड एक लाख ६६ हजार रुपैयाँ रकम भुक्तानी दिइएको छ।

महालेखा परीक्षकको कार्यालयले जिल्ला समन्वय समितिलाई यसबारे परीक्षण गरी वास्तविक रकम यकिन गर्न निर्देशन दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.