|

कैलाली : धनगढी प्रिमियर लिगको फाइनल जितेको घरेलु टोली टिम चौराह धनगढीका दुई खेलाडी प्रतियोगितामा प्लेयर अफ द सिरिज र मोष्ट भ्यालुएवल प्लेयर घोषित भए।

टिम चौराह धनगढीका विदेशी खेलाडी रोहन मुस्ताफाले म्यान अफ द सिरिजको उपाधि हात पार्दा भ्यालुएवल प्लेयर धनगढीकै ललितसिंह भण्डारी घोषित भए । युएईका कप्तानसमेत रहेका रोहन मुस्ताफाले ट्रफीसहित पल्सर मोटरसाइकल प्राप्त गरे। मुस्ताफा फाइनलको प्लेयर अफ द म्याचसमेत घोषित भएका थिए।

मुस्ताफाले धनगढीलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। छ खेल खेलेका उनले १९८ रन जोडे भने निर्णायक विकेट पनि लिएका थिए। फाइनलमा मुस्ताफाले काठमाडौंलाई २१ रनले पराजित गर्दा ६० रन जोड्नुका साथै २ विकेट लिएका थिए।

मोस्ट भ्याल्युएवल प्लेयरको उपाधि जितेका धनगढीका खेलाडी ललितसिंह भण्डारीलेले गोल्डस्टार गोल्डन शु (सुनको जुत्ता) हात पारे। प्रतियोगितामा भण्डारीले ७ खेलमा १४ विकेट लिए।

उनी प्रतियोगिताको सर्वाधिक विकेट लिने खेलाडी पनि हुन्। फाइनलमा काठमाडौंलाई २१ रनले पराजित गर्दै उपाधि हात पार्ने क्रममा भण्डारीले ३ विकेट लिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.