|

पाँचथर : नवयुग श्रेष्ठको ह्याट्रिकले विर्ता युनाइटेड क्लब झापा, फिदिममा जारी पाँचथर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। फिदिम माविको खेल मैदानमा शुक्रबार भएको सेमिफाइनल चरणको अन्तिम खेलमा रेडहर्स इलामविरुद्ध झापाका स्ट्राइकर श्रेष्ठले खेलको ४, ४१ र ५९औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। उनी खेलको म्यान अफ द म्याच घोषित भए। उनले नगद पाँ हजार रुपैयाँ प्राप्त गरे। 

डिफेन्डिङ च्याम्पियनसमेत रहेको झापाले अब उपाधिका लागि न्यू स्टार क्लब सुनसरीसँग  प्रतिस्पर्धा गर्ने छ। मिसन युनाइडेट क्लब ताप्लेजुङलाई पराजित गर्दै सुनसरी उपाधिनजिक पुगेको हो। यी दुई टिमबीच उपाधि भिडन्त वैशाख ३ मा हुने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.