'पुटिनको चेतावनी नसुनेर अमेरिका, बेलायत र फ्रान्सले ठूलो भूल गरे'

|

अमेरिका, बेलायत र फ्रान्सले सिरियाका विभिन्न सरकारी अड्डाहरूमाथि क्षेप्यास्त्र हमला गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुमतिसँगै सिरियामाथि हमला सुरु भएको हो।

यो हमला गत हप्ता सिरियाको कस्बे डुमा सहरमा भएको भनिएको रासायनिक हमलाको प्रतिक्रियामा भएको बताइएको छ।

ट्रम्पले देशका नाममा जारी गरेको सन्देशमा भनेका छन्, "फ्रान्स र बेलायतको सशस्त्र सेनासँगै एक सशस्त्र अपरेसन सुरु भएको छ।"

यता, सिरियाको राजधानी दमास्कस नजिकै बम पड्किएको आवाज सुनिएको बताइएको छ।

बेलायतका प्रधानमन्त्री टेरीजा मे ले सिरियामाथि भएको हमलामा बेलायतको संलग्नता भएको पुष्टी गरेकी छन्। उनले बल प्रयोगको अर्को विकल्प नभएपछि हमला गर्नुपरेको बताएकी छन्। उनले यो हमलाको उद्येश्य सिरियाको सत्ता परिवर्तन नभएको बताएकी छन्।

ट्रम्पले सिरिया सरकारले रासायनिक हतियार बनाउने ठाउँहरूमा हमला गरिएको बताएका छन्। उनले रासायनिक हतियार प्रयोग तथा प्रसारमा र उत्पादनमा अंकुश लगाउन हमला गरिएको बताएका छन्।

सिरियाका राष्ट्रपति बसर अल असदले भने आफूले रासायनिक हतियार प्रयोग गरेको भन्ने कुरा इन्कार गर्दै आएको छ।

सिरियामाथि भएको अमेरिका नेतृत्वको हमलाबारे रुसले मुख खोलेको छ। सिरियालाई सहयोग गर्दै आएको रुसले यो हमलाबाट उत्पन्न परिस्थितिको जिम्मेवारी अमेरिका हुने बताएको छ।

अमेरिकमा रहेको रुसी राजूतावासले एक विज्ञप्ति जारी गर्दै सबैभन्दा धेरै रासायनिक हतियार भएको अमेरिकाले अन्य देशलाई रासायनिक हतियारको आरोपमा आक्रमण गर्ने नैतिक बल नभएको उल्लेख गरेको छ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको चेतावनी नसुनेर वासिंगटन, लन्डन, र पेरिसले ठूलो गल्ती गरेको विज्ञप्तिमा उल्लेख छ।

सिरियामा मिसाइल रोक्ने हतियार स्थापना गरेको रुसले तीनवटै देशको संयुक्त आक्रमण रोक्न मिसाइल छोडेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.