|

बुटवल : प्रदेश ५ ले स्वास्थ्य प्रवद्र्धनका लागि ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ मुल नाराका साथ सचेतना अभियान शुरु गरेको छ। 

सामाजिक विकास मन्त्रालयले ‘मेरो वर्ष २०७५’ नाम दिएर नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तरगत प्रदेश सरकारले प्रदेशभर अभियान चलाउने भएको हो। 
प्रदेश ५ मा मुख्यमन्त्री शंकर पोखरेलले अभियान शुरु भएको घोषणा गरे। लुम्बिनी अञ्चल अस्पतालमा आयोजित कार्यक्रममा ‘मेरो वर्ष २०७५’ शुरु भएको घोषणा गर्दै पूर्ण रुपमा कार्यान्वयनमा लैजाने प्रण गरे। 

सरकारले स्वास्थ्यप्रति जिम्मेवार रहनका लागि घोषित ८ वटा प्रतिबद्धतामा ‘म तनावरहित जीवन व्यतित गर्छु, म ट्राफिक नियमको पालना गर्छु, म आफ्नो घर र समुदाय सफा राख्छु, म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य जाँच गराउँछु र म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’ रहेका छन्। 

सो प्रतिबद्धतामा सर्वसाधारणलाई समेट्दै प्रदेशव्यापी कार्यक्रम गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिव शंकरप्रसाद पाठकले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.