|
तस्वीरहरु : सविना खनाल र रमेश रावल/थाहाखबर

  • सविना खनाल / रमेश रावल

मुगु : नयाँ वर्षको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट देशबासीका नाममा सम्बोधन गरेका छन्। कर्णाली प्रदेशको पर्यटन वर्षको उद्घाटन गर्न रारा पुगेका ओलीले शनिबार देशबासीका नाममा सम्बोधन गर्दै देश बनाउनुपर्ने बताएका छन्। उनले देशमा विकास र समृद्धि ल्याएर नेपालीको मुहारमा खुसी ल्याउनुपर्ने बताए।  

ओलीले देश विकास गर्न कसैले र केहीले नछेक्ने बताएका छन्। नेपाल समृद्ध हुनका लागि यहाँको माटो र जनशक्ति प्रयाप्त भएको उनकोो भनाइ थियो। प्रधानमन्त्री ओलीले सरकार भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन ढंगले प्रस्तुत बताएका छन्।  उनले निर्वाचनको सफलतासँगै नेपाल लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित गर्न सफल भएको दाबी गरे।

‘इतिहासले हामीलाई आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेको छ,’ प्रधानमन्त्रीले भने, ‘हाम्रा अगाडि समस्या थिए, समाधान गर्नुपर्ने दायित्व थियो। अहिले जनताले तिनै समस्या सम्बोधन गर्ने अख्तियारी हामीलाई दिएका छन्।’ अहिले पनि के नेपाल बन्छ? के यो सरकारले हाम्रा सपना पूरा गर्छ भन्ने प्रश्न आफूले पटक–पटक सुन्दै आएको बताए। ‘नेपाल बन्छ, बनाउनै पर्छ।

हरेक चिजको आयु र अवधिको सीमा हुन्छ,’ प्रधानमन्त्रीले भने, ‘मान्छेको ज्ञान र सामर्थ्यको सीमा हुन्छ। तर इमानको कुनै सीमा र आयु छैन। इमान र निष्ठाका साथ काम गर्न कसैलाई कुनै अतिरिक्त प्रशिक्षणको पनि खाँचो पर्दैन।’

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.