कामको खोजीमा दैनिक हजार नेपाली विदेश

|

काठमाडौं : पाँच वर्ष अघिसम्म दैनिक १६ सयजनाले तेस्रो मुलुकमा वैदेशिक रोजगारीको लागि श्रम स्विकृति लिने गरेको वैदेशिक रोजगार विभागको तथ्यांक छ। पछिल्ला वर्षहरूमा यो संख्या निरन्तर घट्दै गएको छ।

चालू आर्थिक वर्षको पहिलो आठ महिनालाई आधार मान्ने हो भने दैनिक एक हजार २६ जनाले  वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्विकृति लिएका छन्। यसरी वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या घट्दो भए तापनि विप्रेषण आप्रवाहा भने घटेको छैन।

गत वर्षको पहिलो आठ महिनामा चार खर्ब ७१ करोड रुपैयाँको विप्रेषण आप्रवाहा भएकोमा चालू आर्थिक वर्षको आठ महिनामा पाँच खर्ब ३९ अर्ब १३ करोड रुपैयाँ विप्रेषण आप्रवाहा भएको राष्ट्र बैंकको तथ्यांक रहेको छ।

श्रम विभागका अनुसार ०६९/७० र ०७०/७१ मा दैनिक औसत १६ सय जनाले विदेशी कामको लागि अन्तिम श्रम स्विकृति लिने गरेका छन्। तर, त्यसपछि भने निरन्तर वैदेशिक रोजगारीमा जाने नेपालहरूको संख्या घट्दो छ।

आर्थिक वर्ष ०७१/७२ मा एक हजार ४०५, आर्थिक वर्ष ०७२/७३ मा एक हजार १४७, आर्थिक वर्ष ०७३/७४ मा एक हजार ९३ जना वैदेशिक रोजगारीको लिग दैनिक अन्तिम श्रम स्विकृति लिने गरेका छन्। चालू आर्थिक वर्षको पहिलो आठ महिनालाई आधार मान्दा दैनिक एक हजार २६ जनाले श्रम स्विकृति लिएका छन्।

यसरी वैदेशिक रोजगारीमा जानेहरू संख्या घट्दा पनि विप्रेआप्रवहा भने गत वर्षको सहो अवधिको तुलनामा ४.९ प्रतिशतले वृद्ध भएको छ। गत वर्षदेखि विप्रषण आप्रवाहा वृद्धिदर भने घटेको छ। आर्थिक वर्ष ०७२/७३ को तुलनामा ०७३/२०४ मा ५.३ प्रतिशतको वृद्धिदर थियो भने अहिले ४.९ प्रतिशतमा झरेको छ। अहिले मुलुकको कुल गार्हस्थ उत्पादनमा जिडिपीको योगदान २७ प्रतिशत रहेकोमा केही वर्षमा योगदान घट्न सक्ने अर्थविद् डा.चन्द्रमणि अधिकारी बताउँछन्।

'अहिले विप्रेषणमा वृद्धदर मात्रै घटेको देखियो तर एक दुई वर्षमा विप्रेषण पनि घट्ने हुनाले हामीले अर्थतन्‍त्रमा योगदान पुर्‍याउने अन्य क्षेत्रलाई फोकस गर्नुपर्छ अधिकारीले भने।

नेपालीहरूको प्रमुख गन्तव्य राष्ट्रमा गत वर्ष कतार रहेको थियो भने अहिले मलेसिया देखिएको छ। नौ महिनाको अवधिमा मलेसियामा ७७ हजार ७४९ जनाले अन्तिम श्रम स्विकृति लिएका छन् भने कतारमा ६९ हजार ९१ जनाले स्विकृति लिएका छन्।

कमाईको हिसाबले आकर्षक गन्तव्य मानिएका जापन लेवनान, इजरायललगायतका देशमा जाने नेपालीको संख्या घटेको छ। त्यस्तै, खाडी मुलुक कतार साउदी अरबलगायतका देशमा जाने नेपालीहरूको संख्या पनि घट्को छ। मलेसिया, युएई, कुवेतलगायतका राष्ट्रमा जानेहरूको संख्या बढेको छ।

कतारमा मात्रै गत वर्षको तुलनामा झन्‍डै १७ हजार र साउदी अरबमा झन्‍डै २६ हजार जानेको संख्या घटेको छ।

गत वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको आठ महिनामा कहाँ बढे कहाँ घटे?

देश

२०७३/०७४

२०७४/०७५

घटेको संख्या

बढेको संख्या

मलेसिया

५५८५५

७७७४९

 

२१८९४

कतार

८६०७३

६९०९१

१६९८२

 

साउदी अरब

५५२५४

२९३६८

२५८६६

 

संयुक्त अरब इमिरेट्स

३८३०५

३९३९८

 

१०९३

कुवेत

८५९४

१००२४

 

१४३०

बहराइन

२७०९

३४०३

 

६९४

दक्षिण कोरिया

२७०९

१८९७

८१२

 

अफगानिस्तान

२१३८

१०१९

१११९

 

जापान

१८९४

५०८

१३८६

 

इजरायल

९०

८६

 

लेवनान

१२०

१३

१०७

 

अन्य

६३५२

१०९६५

 

४६१३

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.