|

दमक (झापा) : मोरङको लेटाङमा नयाँ वर्षको अवसर पारेर आयोजित कार्यक्रममा गजलकार घनश्याम पथिक र राज सागर गुञ्जिएका छन्। शुक्रबार राति स्थानीय ग्रीनपिस पार्टी प्यालेसले गरेको कार्यक्रममा पूर्वका चर्चित गजलकार पथिकले आफ्ना विभिन्न गजलहरू बाचन गरेर सुनाएका थिए। यस्तै, राज सागरले पनि विभिन्न सुमधुर गीत तथा गजल गाएर स्रोतालाई मन्त्रमुग्ध बनाएका थिए।

कार्यक्रममा स्थानीय गजलकारहरूले पनि आफ्नो प्रस्तुतीहरू कार्यक्रममा राखेका थिए। कार्यक्रममा पूर्वका गजल प्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नयाँ वर्ष २०७५ को अवसरमा पूर्वका संगीत तथा गजलपारखिहरूलाई लक्षित गरी कार्यक्रम गरिएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.