|

ताप्लेजुङ : एमाले सचिव योगेश भट्टराईले पाथिभरा पुर्वकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य भएको बताएका छन्।  ताप्लेजुङको पाथिभरा मन्दिर परिसरमा संञ्चारकर्मीसँग कुराकानी गर्दै भट्टराईले पाथिभरा पूर्वकै पर्यटकीय गन्तव्य बन्नेमा ढुक्क रहन आग्रह गरे। 

उनले ताप्लेजुङसहित पूर्वी पहाडी क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिरको उच्च महत्त्वका साथ विकास गरिने बताए। यहाँका जनताको आर्थिक विकासमा पर्यटन प्रर्वद्धन नै प्रमुख आवस्यकता भएको भन्दै उनले पाथीभरा क्षेत्रको विकासमा आफू प्रतिवद्ध भएको बताए। 

पाथीभरा दर्शनका लागि आउने तीर्थयात्रीलाई संखुवासभा, तेह्रथुम र पाँचथरको पर्यटकीय क्षेत्रहरूको अवलोकनमा प्रेरित गर्ने बताए। यस्तै, जिल्लाका अन्य पर्यटकीय क्षेत्रको विकासका लागिसमेत विशेष योजनाका साथ काम गरिने बताए।  अबको गन्तव्य पाथिभरा भन्ने नाराका साथ गत चैत्र २७ गतेदेखि सुरु भएको ‘तीनजुरे–गुफा–पाथिभरा पदयात्रा महोत्सव’ को टोली भने आइतबार ताप्लेजुङबाट पाँचथर प्रस्थान गर्ने बताइएको छ। बैशाख ३ गते सम्पन्न हुने उक्त पदयात्रा काठमाडौंमा पुगेर टुिङ्गने छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.