मनोरञ्जन

'भोर'को ट्रेलर रिलिज
SHARES

बैशाख १, २०७५

    काठमाडौं : ‘झोला’ निर्देशन गरेर चर्चामा आएका यादवकुमार भट्टराई निर्देशित फिल्म ‘भोर’ को ट्रेलर सार्वजनिक भएको छ। नयाँ वर्षको अवसर पारेर फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। तराईमा व्याप्त दाइजो प्रथाको कथालाई उठान गरेको यस फिल्मको ट्रेलरमा पनि त्यस कुरालाई जोडिएको छ।

    कृष्ण धरावासीले लेखेको यस फिल्ममा निर्देशक भट्टराई कै पटकथा रहेको छ। फिल्ममा राज तिमिल्सिना र राम गोपाल थापाको लगानी रहेको छ। देवेन्द्र प्रसाद सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा राम नारायण ठाकुर, अनिता रानी मण्डल, प्रमेश झा, डली सरकार, पूजा कर्ण, मदन ठाकुर, विष्णुकान्त झालगायतको अभिनय रहेको छ।

    दीपक बज्राचार्यले छायांकन गरेको यस फिल्मलाई उज्जल ढकालले सम्पादन गरेका छन्। फिल्म बैशाख २१ बाट प्रदर्शनमा आउँदै छ।

    हेर्नुहोस् ट्रेलर :

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]