|

इण्डियन प्रिमियर लिग क्रिकेटमा दिल्ली डेयरडेभिल्सले मुम्बई इण्डियनलाई पराजित गरेको छ। मुम्बईको घरेलु मैदानमा शनिबार भएको खेलमा दिल्लीले मुम्बईलाई सात विकेटले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो। मुम्बईका लागि सूर्यकुमार यादवले ५३ रन बनाउँदा इभिन लुइसले ४८ रन बनाए। त्यस्तै, इसान किसानले ४४ रन बनाउँदा कप्तान रोहित शर्माको नाममा १८ रन रह्यो। कुनाल पाण्डेले ११ रन बनाए। बलिङतर्फ दिल्लीका ट्रेण्ट बोल्ड,राहुल टेविटा र डान क्रिस्चियनले समान २-२ विकेट लिए। 

जवाफि ब्याटिङ गरेको दिल्लीले विस्फोटक पारी खेल्दै तीन विकेटको क्षतिमा लक्ष्य भेट्टायो। ओपनर ब्याट्सम्यान जेसन रोयले नटआउट ९१ रनको योगदान दिँदा उनले ६ चौका र ६ छक्का प्रहार गरे। त्यस्तै, रिसभ पन्तले ४७ रन बनाउँदा श्रेयस ऐयर २७ रनमा नटआउट रहे भने कप्तान गौतम गम्भीर १५ रन बनाएर पेभिलियन फर्किए। बलिङतर्फ मुम्बईका कुनाल पाण्डेको नाममा २ विकेट रह्यो भने मुस्ताफिर रहमानले १ विकेट लिए। मुम्बईको यो लगातार तेस्रो हार हो भने दिल्लीले महत्त्वपूर्ण २ अंक जोड्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.