|

बारा : बाराको महागढीमाई नगरपालिकास्थित कबही जब्दीमा शनिबार आगालगी हुँदा दर्जन बढी घर जलेर नष्ट छन्। स्थानीय भजन रामको घरबाट सल्केको आगो फैलिएर दलित बस्तीको दर्जन बढी फुसका घर जलेका हुन्। 

अपरान्ह लागेको आगो बारुण यन्त्र, प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका थिए। आगो नियन्त्रण लिन बीरगञ्ज उपमहानगरपालिका, कलैया उपमहानगरपालिकाको बारुण यन्त्र गरिएका थिए। 

आगोबाट मानवीय क्षति नभए पनि ४ वटा बाख्रा जलेर मरेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रबक्ता भुवनेश्वर साहले जानकारी दिए। दलितबस्तीको घरहरू एकआपसमा टाँसिएका हुनानले बढी घरमा क्षति भएको प्रहरीको भनाइ छ। आगलागीबाट क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
    


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.