|

सब्स्टिच्युट ओलिभर जिराउडले दुई गोल गरेपछि चेल्सीले २-० ले पछि परेको अवस्था उल्टाउँदै दोस्रो हाफमा  साउथहेम्टनमाथि ३-२ को रोमाञ्चक जित निकालेको छ। जितसँगै साविक विजेता चेल्सीले शीर्ष चारमा रहने सम्भावना कायमै राखेको छ।

चेल्सीले खेलमा फर्कने क्रममा दोस्रो हाफको ७० देखि ७८ मिनेटभित्रमा  तीन गोल गरेपछि शीर्ष चार सम्भावना कायम राख्न सफल भयो।

डुसान टाडिकले साउथहेम्टनलाई २१ औं मिनेटमा सफल्ता दिलाएका थिए। चेल्सीविरुद्ध निकै प्रतिस्पर्धात्मक खेल खेलेको साउथहेम्टनले पहिलो हाफमा १-० को अग्रता बनाएको थियो। दोस्रो हाफमा पनि सोही लयलाई निरन्तरता दिने क्रममा पोलिस डिफेन्डर जान बेडनारेक्सले साउथहेम्टनको अग्रता दोब्बर पार्दै क्लबलाई रेलिगेशन जोनभन्दा माथि ल्याउन आवश्यक महत्त्वपूर्ण तीन अंक दिलाउने विश्वास गरिएको थियो।

त्यसपछि चेल्सी खेलमा अप्रत्यासित रुपमा हाबी भयो । ६१ औं मिनेटमा अल्भारो मोराटालाई सब्स्टिच्युट गर्दै मैदान प्रवेश गरेका जिराउडले ७० औं मिनेटमा मार्को अलओन्सोको पासलाई सदुपयोग गर्दे चेल्सीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। साउथहेम्टनविरुद्ध खेलमा फर्किनका लागि भने इडन हजार्डले पाँच मिनेटपछि नै दोस्रो गोल गरे। त्यस्तै जिराउडले नै ७८ औं मिनेटमा तेस्रा गोल गरेपछि खेलमा चेल्सीले अग्रता बनाएको थियो।

जितसँगै चेल्सीले लिग अंकतालिकामा ३३ खेलबाट ६० अंक बनाएको छ। शीर्ष स्थानको म्यानचेस्टर सिटीको ८४ अंक रहेको छ। चेल्सी लिग अंक तालिकामा पाँचौ स्थानमा छ।

चेल्सीले २००२ पछि पहिलो पटक दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै नयाँ कीर्तिमान बनाएको थियो। हाजार्डले गोल गरेसँगै चेल्सीका लागि सर्वाधक गोल गर्ने खेलाडीको तेस्रो स्थानमा रहे उनले ६९ गोल गरेका छन्। उनी अघि फ्रान्क लाम्पार्डले १ सय ४७ तथा डिडियर ड्रोग्बाले १ सय ४ रन बनाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.