|

बार्सिलोनाले लालिगामा एतिहासिक रुपमा सर्वाधिक लामो समय सम्म अपराजित रहने टिमको कीर्तिमान कायम गरेको छ। शनिबार भएको संघर्षपुर्ण खेलमा भ्यालेन्सीयामाथी २-१ को संघर्षपुर्ण जित निकालेसँगै बार्सिलोनाले लालिगामा आफ्नो अपराजित यात्रा ३९ खेलसम्म कायम राखेको छ।

केहि दिन अघि च्याम्पियन्स लिगमा अप्रत्यासित पराजयपछि पहिलो पटक मैदानमा देखिएको बार्सिलोना च्याम्पियन्स लिगको पिडामा नै रहेको प्रस्ट देखिन्थ्यो। यद्धपि ला लिगा उपाधि होडमा एकपक्षिय अग्रतालाई निरन्तरता दिन भने सफल रह्यो। बार्सिलोनालाई लिग उपाधिमा थप नजिक पुर्‍याउने क्रममा लुइस स्वारेजले पहिलो गोल गर्दा दोस्रो हाफमा स्यामुअल उम्टीटीले दोस्रो गोल गरे। स्वारेजले १५ मिनेटमानै टिमका लागि अग्रता दिलाए। दोस्रो गोल भने बार्सिलोनाले खेलको ५१ औं मिनेटमा सम्भव बनाएको थियो।

बार्सिलोना यसअघिको सिजनमा पछिल्ला ७ खेल देखि अहिलेसम्म निरन्तर अपराजित रहेको छ। जारी सिजन ३२ खेलबाट बार्सिलोना ८२ अंक बनाउन सफल भएको छ। अब जारी सिजनको लिग उपाधिबाट बार्सिलोना ६ अंक टाढा रहेको छ। त्यसअघि बार्सिलोनाले आगामी साता कोपा डेल रेको फाइनल भिडन्त खेल्दै छ।

बार्सिलोनाले यसअघि रियल सोसिडाले राखेको ३८ खेलको अपराजित यात्राको संघर्षपुर्ण कीर्तिमान ३७ वर्षपछि आफ्नो नाममा पार्न सफल भयो। सोसिडाले १९७८-७९ तथा १९७९-८० मा ७८ खेल सम्म आफ्नो अपराजित यात्रा कायम राखेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.