|

दाङ : सल्यानमा पावर डिलिङ प्रविधिमार्फत जमिन भित्रबाट मेशिनले पानी निकालिएको छ। रीमको खाली मिलन बजारनजिक रहेको कोप्चेपानी भन्ने स्थानबाट डिटीएस मेशिन जडान गरेर जमिन मुनिवाट पानी निकालिएको हो। 

जिल्लामै पहिलो पटक डिटीएस प्रविधिवाट १०० फुट तल जमिनवाट पानी निकाल्न गरिएको परीक्षण सफल भएको हो। जिल्लामा डिप बोरिङ गरेर जमिनमुनिको पानी निकालिएको भए पनि यस अघि डिटीएस प्रविधिअन्तर्गत मेशिनबाट पानी निकालेको कुनै रेकर्ड नभएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सल्यानका प्रमुख गुणनिधि पोख्रेलले बताए।  

कपुरकोट पाँच रीम खालीका एक सय ५० बढी घरधुरीमा वर्षाैँदेखि खानेपानीको समस्या थियो। गाउँले आफैले लगानी गरेर जमिनमुनिको पानी जमिनमा निकाल्ने परीक्षण गरी समस्या समाधानकाे उपाय निकालेका हुन्। लामाे समयसम्म  रीम खालीवासीको खानेपानी समस्या सराेकारवाला निकायबाट सुनुवाई भएन।

खानेपानी समस्याकाे दीगाे समाधान  कत्तैबाट भएन। सराेकार निकायबाट सुनुवाई नभएपछि स्थानीयकै लगानी र पहलमा डिडीएस मेसिन ल्याएर जमिनको पानी निकाल्न लागिएको खाली बजार व्यवस्थापन समितिका अध्यक्ष गिरीराज ओलीले बताए।अध्यक्ष ओलीले भने, ‘खानेपानीको व्यवस्था कसैले गरिदिने भएन। त्यसैले डेढ लाख बढी लगानी गरेर हामी आफैँले यो परीक्षण सम्पन्न गर्‍यौ।’ सुरुमा डिडीएस परीक्षणबाट जमिनबाट पानी निक्लिएन। हामी निराश नबनी लगातार काममा लागिरह्यौ। खाली मिलन बजारका स्थानीय मिलेर १० वटा फलामे पाइप जमिनमा गाड्यौ।  त्यसपछि पानी निस्कियो।’ 


डिटीएस मेसिन सञ्चालन गरेको कम्पनीका अनुसार यहाँसम्म मेसिन ल्याएर परीक्षण गर्दा १५ देखि २० लाख भन्दा बढी लाग्ने बजार व्यवस्थापन समितिका अध्यक्ष ओलीले बताए।अध्यक्ष ओलीले भने, ‘रोल्पामा काम सकेर मेशिन यतैवाट फर्किदै थियो। त्यही समयमा हामीले रीमको खालीमा परीक्षण प्रयोग सुरु गर्‍याैं। त्यसैले हामीलाई निक्कै सस्तो पर्‍याे।’  ‍

अहिलेसम्म खानेपानीको अभावमा रुमलिरहेका खाली बजारमावासीकाे समस्या समाधान हाेला भन्ने अाशा गर्ने बेला अाएकाे व्यवस्थापन समितिका अध्यक्ष ओलीको भनाइ छ। अध्यक्ष ओलीका अनुसार यहाँका वासिन्दाले गर्मीयाम सुरु भएपछि त झन् ठूलो समस्या झेल्नु परेकाे छ। एक गाग्री पानी लिन करिव दुइ घण्टा तय गर्नुपरेकाे छ।  लिसेखोला र कोलबोट पुगेर गाग्रीमा पानी बोक्नुपर्ने बाध्यता रहेकाे  भनाइ अध्यक्षकाे छ। उनले भने, ‘अव यस्तो बाध्यताबाट मुक्ति पाउने भइयाे। हाम्रो पानी निकाल्ने परीक्षण सफल भएको छ। तर यो योजना सम्पन्न गर्न  भने निकै महँगो पर्ने देखिन्छ।’ 

यहाँकाे पानी पिउनयोग्य छ या छैन भनेर परीक्षण गर्न, इन्टेक तथा रिजर्व ट्यांकी निर्माण गर्न र पानी सप्लाई गर्नका लागि पनि ४० लाख भन्दा बढी लाग्ने अनुमान प्राविधिक कृष्ण विष्टकाे छ। 


 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.