|

पर्वत : कुश्मा नगरपािलकाकी उपप्रमुख सीता काफ्ले लामिछाने दुर्घटनामा परी घाइते भएकी छन्। उनी कास्कीको पोखरा–लेखनाथ उपमहानगरपालिका–३२ तल्लो गगनगौंडामा शनिबार भएको सवारी दुर्घटनामा परी घाइते भएकी हुन्।

काठमाडौंबाट पोखरा आउँदै गर्दा काफ्ले सवार ना ४ च ५०५४ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा जीपमा सवार उपप्रमुखसहित उनकी छोरी, यात्रु शिव क्षेत्री र चालक विनोद क्षेत्री घाइते भएका छन्। घाइतेहरुको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 

जीपलाई पोखराबाट दुलेगौंडा जाँदै गरेको ना २ ख ९७८९ नम्बरको ट्रकले ठक्कर दिएको थियो। ट्रकको ठक्करपछि जीप सडकमा पल्टिएको प्रहरीले जनाएको छ। जीप, ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.