खेलकुद

आईपीएलमा हार्‍याे शाहरुखको टिम, हैदरावाद विजयी
SHARES

बैशाख २, २०७५

    इण्डियन प्रिमियर लिग आईपीएलमा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ। 

    कोलकाताको घरेलु मैदान इडन गार्डेनमा शनिबार राति भएको खेलमा सनराइजर्स हैदरावादले कोलकातालाई पाँच विकेटले पराजित गरेको छ। टस हारेर पहिले व्याटिङ गरेको कालकाताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको थियो।

    कोलकाताका लागि क्रिस लिनले सर्वाधिक ४९ रन बनाउँदा दिनेश कार्तिकले २९ रन बनाए भने नितिश रानाको १८ रन बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। कोलकातालाई सस्तोमै समेटन भुवनेश्वर कुमारले ३ विकेट लिए भने सकिबअल हसन र बिलीले समान २-२ विकेट लिए। 

    जवाफि व्याटिङ गरेको सनराइजर्सले ५ विकेट गुमाएर १९ औं ओभरमा लक्ष्य भेट्टायो। उसका लागि केन विलयम्सनले अर्धशतक पुरा गरे। उनले चार चौका र एक छक्काको मद्दतले ५० रन बनाए। त्यस्तै सकिबअल हसनले २७ रन बनाए भने रिद्धिमान शाहले २४ रन बनाए। बलिङ तर्फ कोलकाताका सुनिल नारायणको नाममा २ विकेट रहयो भने मिचेल जोन्सन, कुलदिप यादव र पियुस चावलाले समान एक एक विकेट लिए।

    प्रतियोगिताको म्यान अफ द म्याच बिली स्टान्लेक बने। प्रतियोगिता अन्तरगत आइतबार दुई खेल हुने छन्। पहिलो खेलमा रोयलच्यालेन्जर्स बैङलोरले राजस्थान  रोयल्सको सामना गर्दा अर्को खेलमा चेन्नाई सुपरकिङ्स र किङ्स इलाभेन पञ्जाव आमने सामने हुने छन्। 
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]