खेलकुद

प्रिमियर लिगमा सात खेल, को–को भए विजयी ?
SHARES

बैशाख २, २०७५

    इंग्लिस प्रिमियर लिगमा शनिबार राति सात खेल भएका छन्। 

    शनिबार भएको पहिलो खेलमा चेल्सीले साउथ ह्याम्टनलाई ३–२ गोल अन्तरले पराजित गरेको छ ।  अर्को खेलमा लिभरपुलले बर्ममाउथलाई ३–२ गोल अन्तरले पाखा लागायो। जितसंगै उसले म्यान्चेस्टर युनाइटेडसँगको अंक दुरी घटाएको छ। पहिलो हाफको सातौ मिनेटमा मनेको गोल मार्फत अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा दुईगोल गर्यो। उसकालागि खेलको ६९ औं मिनेटमा सलाह र ९० औं मिनेटमा फिरमिनोल गोल गरे। 

    शनिबार नै भएको अर्को खेलमा म्यानचेस्टर सिटिले टोटनह्यामलाई ३–१ गोल अन्तरले हरायो। पहिलो हाफमा २–१ गोलले सकिएको खेलको दोस्रो हाफको ७२ औं मिनेटमा थप एक गोल गर्दै म्यानचेस्टर सिटी अंक तालिकाको शीर्षको अंक दुरीअझै बढाएको छ। 

    शनिबार नै भएका अन्य खेलमा बर्नलीले लेस्टर सिटिलाई २–१ ले पाखा लगाउँदा क्रिस्टल प्यालेसले ब्रिस्टनलाई ३–२ गोल अन्तरले हरायो। त्यस्तै हट्सफिडले वार्टफोर्डलाई १–० ले पराजित गर्दा स्वेन्सा र इर्भटनले एक एकको बराबरी खेले। 

    लिग तालिकामा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीको ३३ खेलबाट ८७ अंक भएको छ भने म्यानचेस्टर युनाइटेड दोस्रो स्थानमा रहँदा एक खेल कम खेलेको उसको ७१ अंक छ। त्यस्तै लिभरपुलको ३४ औं खेलबाट ७० अंक हुँदा चौथो स्थानमा रहेको टोटनह्यामको ३३ खेलबाट ६७ अंक भएको छ।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]