|

गुल्मी : नेपाली कांग्रेस गुल्मीले गाउँ जाउँ गाउँमै रमाउँ भन्ने नारा सहित ५० दिने महाअभियान सुरु गरेको छ । उक्त महाअभियान नयाँ बर्षको अवसर पारी १ वैशाखदेखि सुरु भएमो नेपाली कांग्रेस गुल्मीका सभापति भुवनप्रसाद श्रेष्ठले बताए । 

कार्यक्रमको उद्घाटन नेपाली काँग्रेस केन्द्रिय सदस्य नेता चन्द्र भण्डारीले गरे ।  ५० दिने महाअभियानलाई सफल बनाउनका लागि गुल्मी जिल्लाका ९३ वटै वडामा ९३ जना प्रतिनिधिहरुलाई खटाइएको छ। विभिन्न ठाउँमा नयाँ वर्षको अवसर पारी शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

महअभियानमा गुल्मी जिल्लाका ९३ वटै वडामा वडा कार्य समिति रिक्त रहेका पदमा पूर्ण गराउने र नेपाली काँग्रेसका सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने, त्यस्तै यो महाअभियानमा खटिएका प्रतिनिधिहरुले त्यहाँका जनताको अवस्थाको बारेमा वुझ्नु पर्ने, ५० दिने महाअभियान सश्रम आवाशिय कार्यक्रम रहेको र यो महाअभियानलाई अविस्मरणीय बनाउनको लागी त्यहाँ खटिएका प्रतिनिधिले सामाजिक काममा समेत संलग्नता हुने समेत बताइएको छ।

 

५० दिने महाअभियानमा नेपाली काँग्रेस गुल्मीको संगठन  विस्तार सुदृढीकरण एवम् सशक्तिकरणका लागि  जनतासँग नेपाली कांग्रेस भन्ने मूल मान्यताका आधारमा पार्टीका गाउँ तह देखि जिल्ला तहका कार्यकर्ताहरुलाई सिद्धान्त, नीति र विचारमा प्रशिक्षित गर्दै जनताको घरदैलोमा नेपाली काँग्रेसलाई थप उर्जाशील बनाउने प्रमुख लक्ष्य रहेको पार्टी सभापति  श्रेष्ठले बताए ।

अभिमुखिकरण कार्यक्रममा नेपाली काँग्रेस गुल्मीको ५० दिने महाअभियान ७ हप्ते कार्यक्रमलाई २ चरणमा विभाजन गरि पहिलो चरणको कार्यक्रम सुरु भएको कांग्रेस सचिव खिलध्वज पन्थीले बताए । कार्यक्रममा सुरुको तिन हप्तामा विभिन्न कार्यक्रमहरु गरिने र सबै समग्र कार्यक्रमहरुको समिक्षा चौथो हप्ता प्रतिनिधिहरुको प्रतिवेदन सहित बी.पी. स्मृति भवन तम्घासमा हुने, पहिलो चरणको समिक्षा पश्चात दोसा्रे चरणको कार्यक्रम तालिका निर्माण गर्ने  पार्टी सचिव पन्थीले बताए ।

अभिमुखिकरण कार्यक्रममा ५० दिने महाअभियानमा खटिएका प्रतिनिधिहरुले हरेक क्रियाकलापसंग  सिंगो नेपाली काँग्रेसको अस्मीता, अस्तित्व र विरासत गासिंएको हुनाले अनुशासन र नैतिकताको विशेष ध्यान राख्नुहुनेछ भन्ने कुरामा विश्वास भएको पार्टी सचिव पन्थीले बताए ।

- रमेश विकको सहयोगमा 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.