|

काभ्रेपलाञ्चोक : नेपाल योग खेलकुद संघले काभ्रेपलाञ्चोकको बनेपामा बैशाख ८ र ९ मा योग खेलकुद प्रतियोगिता गर्ने भएको छ। काभ्रेपलाञ्चोकको बनेपामा नेपाल योग खेलकुद संघ काभ्रेले पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो।

प्रतियोगिता उमेर समूहको आधारमा तीन तहमा विभाजन गरिएको छ। जसमये ११ देखि १७ वर्षको विद्यार्थी समूह, १८ देखि ४९ वर्षको युवा समूह र ४९ देखिमाथिका ज्येष्ठ उमेर समूहका खेलाडी रहनेछन्। प्रतिस्पर्धामा काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुरका गरी करिब ५० जना खेलाडीले भाग लिने संघका जिल्ला अध्यक्ष पूर्णचन्द्र सिग्देलले जानकारी दिए।

उपत्यकाव्यापी योग खेलकुद प्रतियोगितामा उत्कृष्ट खेलाडीहरुलाई पोखरामा हुने साफ स्तरिय च्याम्पियनसिपमा भाग लिन पाउनेछन्। साफस्तरिय च्याम्पियनसिप बैशाख २१, २२ र २३ गते पोखरामा हुने जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.