काठमाडौं : गायक राजन तिमिल्सिनाको नयाँ रोमान्टिक गीत सार्वजनिक भएको छ। गायक राजनको आफ्नै युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन्। राजनको आफ्नै संगीतमा तयार भएको यस गीतमा राजनसँगै बेपिका बस्नेतको स्वर रहेको छ। गीतलाई यमन सुवेदीले लेखेका हुन्।
मिलन शंकर र कृपा राजभण्डारीको अभिनय रहेको भिडियोमा एक जलपरीसँग युवकको प्रेम रहेको देखाईएको छ। अनिल के. मानन्धरले निर्देशन गरेको भिडियो निर्देशक आफैले खिचेका हुन्। भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन्।
भिडियो:
तपाईंको ईमेल गोप्य राखिनेछ ।