|

रुकुम : मुसिकोट नगरपालिका रुकुम पश्चिमको दोस्रो नगरसभाले २३ वटा बिभिन्न कानुनहरु पारित गरेको छ । नगरसभाले नगर प्रमुख देबिलाल गौतमद्धारा प्रस्तुत आर्थिक बर्ष २०७४÷७५ को हाल सम्मको कामको समिक्षा गर्दै यसअघि निर्माण गरेका ऐन कानुन समेत पारित गरेको हो ।

सभामा बोल्दै नगरप्रमुख गौतमले सुरुवाती क्रममा  व्यवस्थापन, नयाँ कानुन निर्माण, बजेट निर्माण जस्ता केहि बिषयहरुमा सानोतिनो समस्या र चुनौतिबिच पनि मुसिकोट नगरपालिकाले सबै क्षेत्रको भावना समेट्न सफल भएको बताए । 

केहि कानुन निर्माणमा भएको ढिलाइका कारण बजेट खर्चमा पनि केही ढिलाई भएको बताउदै हाल ५२ प्रतिशत आर्थिक प्रगति रहेको र अब तीब्र गतिमा योजनाहरुको आर्थिक प्रगति देखिने उनको दाबी छ ।

यसैबिच मुसिकोट नगरपालिकाले २३ वटा कानुनहरु निर्माण गरेर पारित गरेको जानकारी दिएको छ । नगरप्रमुख गौतमले पहिलो नगरसभाबाट ७ वटा र यो दोस्रो सभाबाट १७ वटा कानुनहरु निर्माण गरेर पारित गरेको जानकारी गराउदै आवश्यकताअनुसार अन्य कानुनहरु पनि क्रमस बनाउदै जाने बताए ।

हेरौं नगरसभाबाट पारित कानुनहरू 

१, कार्यपालिका पदाधिकारीहरुको आचारसहिंता २०७४
२, नगरसभा संचालन कार्यबिधि २०७४
३, आर्थिक ऐन २०७४
४, बैठक संचालन कार्यबिधि २०७४
५, कार्यबिभाजन नियमावली २०७४
६, कार्यसम्पादन नियमावली २०७४
७, बिनियोजन ऐन २०७४
८, मुसिकोट नगरपालिकाको न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनुपर्ने कार्यबिधिका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७४
९, मुसिकोट नगरपालिकाको आर्थिक कार्यबिधि नियमित तथा व्यवस्थित गर्न बनेको बिधेयक २०७४
१०, मुसिकोट नगरपालिकाको स्थानीय कृषि प्रवद्र्धन बिधेयक २०७४
११, मुसिकोट नगरपालिकाको प्रशासकिय कार्यबिधि नियमित गर्ने बिधेयक २०७४
१२, मुसिकोट नगरपालिकाको शिक्षा बिधेयक २०७४
१३, मुसिकोट नगरपालिकाको सहकारी बिधेयक २०७४
१४, मुसिकोट नगरपालिकाको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यबिधि २०७४
१५, मुसिकोट नगरपालिका (घ) बर्गको निर्माण व्यवसायी ईजाजतपत्र सम्बन्धी कार्यबिधि २०७४
१६, मुसिकोट नगरपालिकाको राजपत्र २०७४
१७, मुसिकोट नगरपालिकाबाट गरिने बजार अनुगमन निर्देशिका २०७४
१८, मुसिकोट नगरपालिकाको एफएम रेडियो संचालन तथा व्यवस्थापन कार्यबिधि २०७४
१९, मुसिकोट नगरपालिकाको करारमा जनशक्ति व्यवस्थापन गर्ने सम्बन्धी नमुना कार्यबिधि २०७४
२०, मुसिकोट नगरपालिकाको एकिकृत सम्पति कर व्यवस्थापन कार्यबिधि २०७४
२१, मुसिकोट नगरपालिकाको बार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन २०७४
२२, मुसिकोट नगरपालिकाको टोल विकास समिति गठन तथा संचालन कार्यबिधि २०७४
२३, मुसिकोट नगरपालिकाको शिक्षा नियमावली २०७४
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.