काठमाडौं : आकाश आचार्यको स्वरमा रहेको नयाँ गीत आफैदेखि टाढा सार्वजनिक भएको छ। ‘फर एभर लभ’ एल्बममा समावेश उक्त गीतमा आकाशकै शब्द संगीत रहेको छ।
बसन्त निरैलाको निर्देशनमा तयार भएको भिडियोमा आकाश र पवित्रा आचार्य फिचरिङ छन्। कुलेखानी आसपासको मनोरम स्थलमा छायाँकन गरिएको भिडियोलाई दिव्य सुवेदीले खिचेका हुन् भने कमल प्रसाईले ड्रेन सट खिचेका छन्।
सागर आचर्यको लगानीमा तयार भएको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।
हेर्नुहोस् भिडियो :
तपाईंको ईमेल गोप्य राखिनेछ ।