|

काठमाडौं : गायिका दर्गा खरेलको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘भेटेरै भन्नु छ’ बोलको गीतमा अर्जुन पोखरेलले संगीत दिएका छन्। अमृत रेग्मीको शब्द रहेको गीतमा दुर्गासँगै फिरोज बस्नेतको स्वर सुन्न सकिन्छ। गीतको एरेन्जमेन्ट संगीतकार अर्जुनले नै गरेका हुन्।

निशान घिमिरेको निर्देशनमा तयार भएको भिडियोमा प्रियंका कार्की र पवन शर्माको अभिनय रहेको छ। गीतको शब्दलाई बुझेर नै भिडियो बनाएको निर्देशक घिमिरे बताउँछन्। अर्जुन तिवारीले खिचेको भिडियोलाई विकाश दाहालको सम्पादन गरेका छन्। भिडियोमा सुरेन्द्र बसेलको नृत्य निर्देशन रहेको छ।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.