|

लिस्बन : नेपालको संविधान जारी भएको एक वर्ष पुगेको अवसरमा प्नवासी नेपालीहरुले पोर्चुगलमा संविधान दिवस बनाएका छन्। 

पोर्चुगलको राजधानी लिस्बनमा भेला भएर नेपाली समूदायले औपचारिक कार्यक्रम गर्दै संविधान दिवस बनाएका हुन्। कार्यक्रममा अमेरिका, रसिया, क्यानाडा,जापान, साउदी अरब, कतार,थाईल्याण्ड, दक्षिण कोरिया, इटली,फिनल्याण्ड, चेक रिपब्लिक लगायत विभिन्न देशका राजदुत तथा प्रतिनिधिको सहभागिता थियो।

पोर्चुगलको विदेश मन्त्रालयका  एसिया तथा ओसियाना डेस्क प्रमुख जोसे मसादो म्यानुअलको प्रमुख अातिथ्यतमा सम्पन्न कार्यक्रममा नेपालका तर्फबाट पाेर्चुगलका लागिअवैतानिक राजदुत मकरबहादुर हमालले संविधानले सबैको अधिकार सुनिश्चित गरेको बताए। उनले भने,'नयाँ संविधानले सबै जाती, धर्म, भाषा, क्षेत्र, तथा लिङ्गको अधिकार स्थापित र सुरक्षित गरेको छ।‘
हमालले गत वर्ष भूकम्पले ठूलो क्षति पुर्‍याएको नेपाल अहिले पर्यटकीय हिसाबले सुरक्षित गन्तव्य बनिसकेको बताए। नेपालमा लगानीको पर्याप्त सम्भावना रहेकाले अन्तर्राष्ट्रिय समूदायलानई लगानी गर्नका लागि हमालले आग्रह गरे।  

कार्यक्रमका प्रमुख अतिथि म्यानुहललाई मायाको चिनो प्रदान गर्दै वाणिज्य दुत हमालले  दुईदेशबीच सुमधुर सम्बन्ध रहेको र आउँदा दिनमा पनि उच्चस्तरमा आपसी सम्बन्ध अगाडी बढ्ने विश्वास व्यक्त गरे। कार्यक्रममा  आठ हजार मिटर अग्ला सबै हिमाल आरोहण गरेका पोर्चुगिस आरोही जुआँअु गारसियालाई सम्मान गरियो।नेपाल र पोर्चुगलबीच सन् १९७६ मा कुटनीतिक सम्बन्ध स्थापित भएको थियो ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.