|

काठमाडौं : फिल्म 'बेबी आई लभ यु'ले आफ्नो प्रदर्शन मिति तय गरेको छ। जनक पाण्डे निर्देशित यस फिल्म आगामी जेठ १८ गतेबाट प्रदर्शन आउने भएको हो।

यस मितिमा यो फिल्मले शोलो रिलिजको मौका भने पाएको छैन। यहि मितिमा दयाहाङ राई अभिनित फिल्म 'भैरे' प्रदर्शन आउदै छ। यसको मतलब बेबी आइ लभ यु फिल्म भैरेसँग जुध्न तयार छ।

लभ स्टोरी फिल्म 'बेबी आइ लभ यु'मा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको छ। फिल्ममा सरोज खनाल र निर्मल शर्माको पनि अभिनय रहेको छ। फिल्मका कलाकारसमेत रहेका सन्तोष खड्गीको कथा र संगीत रहेको फिल्ममा बेबी आइ लभ युलाई शिव न्यौपानेले निर्माण गरेका हुन्। फिल्ममा सृजना परियार र दुर्गा पाण्डे सहनिर्माताको रूपमा रहेका छन्।

फिल्ममा समावेश एक गीत सार्वजनिक भैसकेको छ। 'काटुञ्ज क्रु' कान्छी मायालु बोलको गीतलाई दर्शक-स्रोतले पनि रुचाइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.