|

कालिकोट : कर्णाली प्रदेश सरकार र संघीय सरकारले कर्णालीका सबै जिल्लामा विमानस्थलमा बनाउने प्रतिबद्धता जाहेर गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले रारा कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन गर्दै कर्णालीका सबै जिल्लामा विमानस्थल बनाउने बताएका हुन्। 

कर्णालीको रारामा कर्णाली पर्यटन वर्षको विशेष औपचारिक उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका जनताले छिटै हवाई सेवा उपलब्ध गराउने बताए। ‘हामीले कर्णाली सबै जिल्लाका विमानस्थलहरुमा छिट्टै हवाई सेवा सुचारु गर्न लागेका छौँ।’ उनले भने, ‘यहाँका जनताले चाडै हवाई सुबिधा पाउने भएका छन्।’

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश धार्मिक, सांस्कृतिक तथा बहुमूल्य जडिबुटीले पूर्ण रहेको बताए। आन्तरिक सडक विस्तार, पर्यटकीय मार्ग निर्माण, स्तरोन्नति, पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा संरक्षणका लागि सरकारले कुनै कसर बाकी राख्दैन’, उनले भने, ‘तर त्यसमा स्थानीयले साथ दिनुपर्छ।’

त्यस्तै, इतिहासमै पहिलो पटक स्थायी सरकार बनेकाले कर्णालीका जनताले पूर्ण रूपमा सरकारी सेवा महसुस गर्ने गरी हवाई उडान र पर्यटनको विकास गर्ने पर्यटन तथा संस्कृति मन्त्री रवीन्द्र अधिकारीले बताए। ‘कर्णालीका जनताले छिटोभन्दा छिटो हवाई सेवा पाउने र नेपाल एयरलाइन्सको उडान थप गर्नुका साथै अन्य निजी कम्पनीका जहाजलाई पनि भाडादरमा एकरूपता ल्याइने छ।’ उनले भने, ‘सुर्खेतमा रहेको विमानस्थलको स्तरउन्नती गरिने छ।’

कर्णालीका विमानस्थलहरू धावनमार्ग साँघुरो भएका लगायतका विमानस्थलमा समस्या रहेको र सबै विमानस्थलको स्तरउन्नती गरेर कर्णाली पर्यटन वर्षलाई सफल बनाउने कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले बताए। ‘पैदल, हवाई तथा सडकमार्गबाट कर्णालीमा पर्यटक भित्र्याउँछौँ’, उनले भने, ‘यसैमा नै कर्णालीको समृद्धिको आधार रहेको छ।’ 

कर्णाली प्रदेशका १० वटै जिल्लामा १० वटा विमानस्थल रहेको छन्। अहिले कर्णालीमा सबै विमानस्थलहरु सुचारु हुन नसकेको र सुचारु नभएका विमानस्थलहरूको स्तरउन्नती गरेमा कर्णाली प्रदेशमा पर्यटक भित्र्याउन सजिलो हुने कर्णाली विकास आयोगका सदस्य कृष्णप्रसाद आचार्यले बताए। ‘कर्णालीका सबै विमानस्थलहरू अहिले संचालन आउन सकेका छैनन्।’ उनले भने, ‘यहाँका विमानस्थलहरू संचालनमा प्रदेशको समृद्धि र विकास यसैमा रहेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.