|

रामेछाप : परम्परादेखि चल्दै आएको संस्कार, संस्कृति लोभ हुँदै गएको भन्दै नयाँ वर्ष २०७५ को अवसर पारेर रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा पञ्चैबाजा र्‍याली निकालिएको छ।

आधुनिक बाजाहरूको बढ्दो प्रयोगले शुभकार्य विवाह, व्रतबन्ध, चाडपर्वका साथै धार्मिक तथा समाजिक उत्सव र रोपाई आदिमा बजाइने पञ्चैबाजाको धुन लोप हुँदै गएको भन्दै पञ्चे बाजा संरक्षण समाज रामेछापले पञ्चैबाट र्‍याली निकालेको हो। 

सदरमुकाम मन्थलीको देवकोटाचोकबाट निकालिएको पञ्चैबाजा र्‍याली मन्थली बजार परिक्रममा गरी जिएस होटलमा पुगेर कोण सभामा परिणत भएको थियो। कोण सभालाई संवोधन गर्दै मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले पञ्चैबाजाको संरक्षण र जगेर्ना गर्न आवश्यक रहेको बताए। 

परम्परागत संस्कार संस्कृतिको संरक्षण र जगेर्ना गर्ने उद्देश्यले मन्थली नगरपालिकाको कार्यक्रममै पञ्चैबाजा संरक्षण कार्यक्रमलाई समावेश गरिएको प्रमुख बस्नेतले स्पष्ट पारे। उनले पञ्चैबाजा मात्र नभई सबै जातजातिको संस्कार, संस्कृति र परम्पराको संरक्षण गर्न नगरपालिका प्रतिवद्ध रहेको विश्वास दिलाए। 

पञ्चैबाजाको संरक्षण गर्ने उद्देश्यले र्‍याली निकालिएको पञ्चैबाजा संरक्षण समाजका अध्यक्ष ज्ञाबहादुर सुन्दासले बताए।  

पञ्चैबाट खरिदका लागि मन्थली नगरपालिकाले २ लाख रुपैयाँ बजेट विनियोजन गरिदिएपछि पञ्चैबाजा संरक्षण समाजले बाजा खरिद गरि संरक्षण अभियान चलाएको हो। पञ्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.