|

आईपीएल क्रिकेट अन्तरगत आइतबार भएको पहिलो खेलमा राजस्थान रोयल्स विजयी भएको छ। 

चेन्यास्वामी स्टेडियमा आइतबार भएको खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जस बैङ्लोरलाई १९रनले पराजित गरेको हो। टस हारेर पहिले व्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा चार विकेटको क्षतिमा २ सय १७ रन बनायो। राजस्थानका लागि सन्जु स्यामसनले सर्वाधिक ९५ रनको योगदान गरे। उनले ४५ बलको सामना गर्दै विस्फोटक पारीमा दश छक्का र दुई चौका प्रहार गर्दै नटआउट रहे।

त्यस्तै कप्तान अजिंक्य रहाणेले ३६ रन बनाउँदा बेन स्टोटले २७ रन बनाए। जोय बटलरले २३ रन बनाउँदा राहुल त्रिपाठी १४ रनमा अविजित रहे। बलिङ तर्फ रोयल च्यालेन्जर्स बैङलोरका युजबेन्द्र चहाल र क्रिस योर्कले समान २-२ विकेट लिए। 

जवाफी व्याटिङ गरेको बैङ्लोरले निर्धारित ओभरमा १ सय ९८ रन बनायोे। उसका कप्तान विराट कोहलीले ५७ रनको योगदान गरे वासिङटन सुन्दरले ३५ रन बनाउँदा क्विन्टन डीककले २६ रन बनाए। बलिङ तफ राजस्थान रायेल्सका श्रेयस गोपालले २ विकेट लिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.