|

कपिलवस्तु : कृषि, मूमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणि खनालले कृषि अनुदानमा हुने दुरुपयोग रोक्न सरकारले विशेष व्यवस्था ल्याउने बताए। मिहिनेती किसानका लागि सरकारले उपलब्ध गराउँदै आएको अनुदान वास्तविक किसानसम्म नपुगेको दाबी गर्दै मन्त्री खनालले अब सिधैँ किसानको हातमा पुग्ने व्यवस्था मिलाइरहेको जानकारी दिए। 

आफ्नो निर्वाचनक्षेत्र कपिलवस्तुको मायादेवी गाउँपालिका ७ हरनामपुरमा आयोजित खुल्ला दिशामुक्त घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री खनालले सिंहदरबारबाट निस्कने अनुदानको रकमबीचमै हराउने रोगको अब अन्त्य गरिने बताए। ‘मिहिनेती किसानलाई राज्यले अनुदान दिन्छ,अब त्यो सिधैँ किसानको हातमा आउने संयत्र निर्माण गर्छौं। कृषिमन्त्री खनालल भने, ‘किसानको नाममा विगतमा भएका ब्रह्मलुटको अब अन्त्य भइसकेको छ। देशलाई आत्मनिर्भर बनाउन र उत्पादन बढाउन कृषकको योगदान विर्सन सकिन्न।’ 

मन्त्री खनालले बाँझो खेतमा हरियाली बनाउने गरी अबको बजेटमा विशेष सुपरजोन लागू गरिनेसमेत जानकारी दिए। मन्त्रीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जिल्लाको जमिनमा उत्पादन हुने बालीको विशेषताका अधारमा सुपरजोन, जोन तथा पकेट क्षेत्र निर्माण गरिने पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.