|

इन्डियन प्रिमियर लिग आईपिएलको ११ औं सिजनमा पहिलो पटक मैदानम उत्रिएका वेस्टइंडिज स्टार क्रिस गेलले धमाकेदार इन्ट्री गरेका छन्। गेलले विस्फोटक अर्धसतकीय इनिङ खेलेपछि किंग्स इलेभेन पञ्जावले चेनाईको निरन्तर जितमा पुर्ण विराम लगाइदिएको छ।

पञ्जावले चेनइमाथी ४ रनको रोमाञ्चक जित निकाल्यो। पञ्जावले गेलको विस्फोटक पारीमा चेनइ समक्ष १ सय ९८ रनको विशाल विजयी लक्ष्य प्रस्तुत गरेको थियो। यद्धपि चेनई कप्तान महेन्द्र सिंह धोनीको सानदार अविजित पारीका बाबजुत ४ रनले पराजित भयो।

टस हारेर पहिलो ब्याटिङ गरेको पञ्जावका लागि लोकश राहुल र क्रिस गेलले पहिलो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए। पहिलो विकेटका लागि भएको यहि साझेदारीनै पञ्जावलाई १ सय ९७ रनको स्कोर तयार पार्न मह्त्वपुर्ण रह्यो। गेलले ३३ बल खेल्दै ७ चौका र ४ छक्काको मद्दतमा ६३ रन बनाए । त्यस्तै केएल राहुलले ३७ रन बनाउँदा मयांक अग्रवालले ३० रन जोडे त्यस्तै युवराज सिहले २० रन बनाउँदा करुण नायरले २९ तथा कप्तान रविचन्द्र आश्विनले १४ रन बनाएका थिए।

जवाफमा चेनइका लागि पाँचै नम्बरमा ब्याटिङका लागि आएका महेन्द्र सिंह धोनीले ४४ बलमा ७९ रनको अविजित पारी खेलेपनि टिमलाई जित दिलाउन असफल भए। त्यसअघि अम्बाती रायडु ४९ रनमा रनआउट हुँदा रविन्द्र जडेजाले १९ रन बनाए। यसअघि भएका दुई खेलमा दुबै खेलमा चेनइ विजयी भएको थियो। पञ्जाव भने एक खेलमा पराजित भएको थियो। तेस्रो खेलमा उसको यो दोस्रो जित हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.