|

रामेछाप : भूकम्प पीडितका लागि आएको काठ ढुवानी व्यवसायीले आफुखुसी गरेपछि आपूर्ति समितिले तोकेको ठाउँमा काठ झार्न जिल्ला प्रशासन कार्यालय, रामेछापले निर्देशन दिएको छ।

जिल्ला आपूर्ति समितिले भूकम्प पीडितका लागि आएको काठ जिल्ला समन्वय समितिको प्राङ्गणमा झार्ने निर्णय गरेको थियो। तर, ढुवानी व्यवसायीले मन्थली नगरपालिका–१ सुकाजोर खोलामा झारेको थियो। त्यसैले तोकिएकै ठाउँमा काठ झार्न ठेकेदारलाई निर्देशन दिइएको रामेछापका प्रमुख  जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेले जानकारी दिए।

भूकम्प पीडितको नाममा आएको काठ ठेकेदारले एक महिना पहिले नै सुकाजोर खोलामा झारे पनि आपूर्ति समितिले अहिलेसम्म काठ जिम्मा नलिएको समितिका सदस्य सचिव समेत रहेका सहायक वन अधिकृत मणिराम यादवले बताए।

भूकम्प पीडितलाई ९० प्रतिशत राजस्व छुटमा सरकारले उपलब्ध गराएको काठ रामेछापका लागि ढुवानी गर्ने ठेक्का त्रिपुरा ढुवानी कम्पनीका कृष्ण केसीले लिएका थिए। केठेदार केसीले सुकाजोर खोला भन्ने स्थानमा बिनाअनुमति काठ चिरान मिल राखेका छन्। उनले त्यही मिल भएकै ठाउँमा काठ झारेपछि जिल्ला प्रशासन कार्यालयले तोकेको ठाउँमा काठ झार्न निर्देशन दिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.