काठमाडौं : गायिका इन्दिरा जोशीको नयाँ गीत सार्बजनिक भएको छ। नेपाली नयाँ बर्षको पुर्बसन्ध्यामा अस्ट्रेलीयाबाट रिलिज गरिएको जोशीको गर्लफ्रेन्ड गीतको फिचिरंग स्वरमा सुनोद श्रेष्ठले उनलाई साथ दिएका छन्। गर्लफ्रेन्डमा गायिका जोशीको नै शब्द र संगीत रहेको छ।
मेलवर्नको सुन्दर दृश्यहरु कैद गरिएको गर्लफ्रेन्डको म्युजिक भिडियोमा सुनोद श्रेष्ठ, प्रिया मिश्र,एन्जी मुल्मी श्रेष्ठ लगायतको अभिनय रहेको छ। अस प्रोडक्सनकाको क्यामेरा र सम्पादन रहेको भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन गरेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।