|

फ्रान्सका राष्ट्रपति इम्यानुअल मैक्रोंले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सिरियामा आक्रमणका लागि आफूले नै सहमत गराएको दावी गरेका छन्।

लामो समयसम्म रहनुपर्ने भन्दै सिरियाबाट अमेरिकी सैनिक फिर्ता नबोलाउन आफूले राजी गराएको उनको दाबी छ। ट्रम्पले गत शनिवार ब्रिटेन र फ्रान्सको साथमा सिरियामा हवाइ आक्रमण गर्न आदेश दिएका थिए।

राष्ट्रपति मैक्रोंले आक्रमण केही निश्चित स्थानमा मात्र गर्नुपर्नेमा पनि आफूले अमेरिकालाई सहमत गराएको दावी गरेका छन्। यसैबीच सिरियाली राष्ट्रपति बशर अल असदसँग सम्बन्धित रुसी कम्पनीमाथि सोमबार प्रतिबन्ध लगाइने अमेरिकाले जनाएको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सिरियाविरुद्ध पश्चिमा शक्तिले थप क्षेप्यास्त्र प्रहार गरे त्यसले अन्तर्राष्ट्रिय स्तरमा अस्तव्यस्तता निम्त्याउने चेतावनी दिएका छन्।

अमेरिका, बेलायत र फ्रान्सले सिरियाको राजधानी दमस्कस र त्यस वरपरको क्षेत्रका सरकारी भवनलाई लक्षित गरी हवाइ आक्रमण गरेपछि रुस, चीन र इरानले आपत्ति जनाएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.