|

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित बिपी चोक नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

इटहरीकै रबि फ्रेस हाउसमा कार्यरत दोलखाको तामाकोशी नगरपालिका–७ निवासी अन्दाजी ३० वर्षीय ज्ञानबहादुर सुनवार मृत फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ। 

रबि फ्रेस हाउ सञ्चालकका आफन्त रोशन न्यौपानेको घरमा डेरा गरी बस्दै आएका सुनवार घरको दुई तलामाथिबाट झरेर मरेको अनुमान गरिएको छ। शरीरमा एक थान भित्री कपडाबाहेक अन्य कपडा नलगाएको अवस्थामा मृत फेला परेका सुनवारको शरीरमा भने कुनै चोटपटक नदेखिएको प्रहरीले बताएको छ। 

सुनवारसँगै आइतबार राति ११ बजेतिर सुतेका रबि फ्रेस हाउसमा नै कार्यरत गोपाल श्रेष्ठ र सुरज लिम्बूले आफूहरुसँग सुतेको र सुनवारले मादक पदार्थ सेवन गरेकाले उनी कतिखेर कसरी तल झरे भन्ने कुरा थाहा नभएको र अहिले बिहान भुइँमा मृत देखिएको बताएका छन्। सुनवारको लासको प्रकृति हेर्दा उनको मृत्यु शङ्कास्पद रहेको प्रहरीले अनुमान लगाएको छ। 

मृत फेला परेका सुनवारको शवपरीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र त्यसको प्रतिवेदन आएपछि मात्र उनको मृत्युको कारण खुल्न सक्ने प्रहरीले अनुमान गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.