|

म्यान्मारको रखाइन राज्यबाट विस्थापित भई बङ्गलादेश गएका शरणार्थीहरूमध्ये पहिलो परिवार स्वदेश फिर्ता भएको म्यानमार सरकारले जनाएको छ। 

पहिलो पाँच सदस्यको परिवार रखाइन फिर्ती शिविरमा पुगेको छन, सरकारको सूचना समितिले आफ्नो फेसबुक पेजमा जनाएको छ।  रोहिंज्या अल्पसंख्यक समूलायमाथि रखाइन राज्यमा भएको सैनिक कारबाहीपछि ज्यान जोगाउन भन्दै गत वर्ष ठूलो सङ्ख्यामा यहाँका नागरिक बङ्गलादेश पुगेका थिए। संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार करिब सात लाख जति रोहिंज्या शरणार्थी रहेका छन्। 

राष्ट्रसंघले भने सुरक्षाको स्थिति देखाउँदै अझै फर्किने अवस्था नभएको सङ्केत दिएको छ। म्यानमार र बांग्लादेशबीच भएको महिनौं लामो कठिन वार्तापछि दुवै मुलुकले रोहिंज्या शरणार्थीको फिर्ती दुई वर्षमा पूरा गर्ने सहमति केही समय पहिले गरेका थिए। 

रखाइन राज्यमा भएको सैन्य कारबाहीलाई राष्ट्रसंघले जातीय सफायाको तह भन्दै आएको छ। तर म्यानमारले चाहिँ त्यो कारबाही विद्रोहीविरुद्ध गरिएको कानुनसम्मत कदम रहेको बताउँदै आएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.