|

काठमाडौं : पार्टी एकताका बारेमा असमझदारी बढेपछि बसेको प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ‘वान टू वान’ वार्ता सकिएको छ। आइतबार हुने भनिएको दुई नेताबीचको भेट प्रचण्ड आराम गर्न भन्दै सिन्धुपाल्चोकको सिकुटे गएपछि आज बसेको हो। 

सोमबार प्रचण्ड सिकुटेबाट सिधै प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुगेका थिए। त्यहाँ ओली र प्रचण्डका बीच दुई घण्टा लामो एक्ला एक्लै वार्ता भएको थियो। ओली र प्रचण्डको वार्ता भर्खरै टुंगिएको छ।

दुई नेताबीचको वार्ताले पार्टी एकता संयोजन समितिको बैठक बस्ने टुंगो लगाएको छ। मंगलबार बिहान ९ बजे पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको हो। पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डलाई एकताका क्रममा आधा हिस्सा दावी गर्न पार्टी भित्रैबाट दबाब बढेको छ। साथै जनयुद्ध, माओवाद र जबजको व्यवस्थापनका विषयमा पनि दुई पार्टीबीच सहमति जुटेको छैन।

एकतापछिको पार्टीको नाम, झण्डा तथा चुनाव चिह्न लगायतका विषयमा समेत सहमति कायम हुन सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.