|

काठमाडौं : अखिल नेपाल फुटबल संघको सबै जिल्ला विवाद टुंगिए पनि अझै पनि निर्वाचन अन्योलता कायमै रहँदा नेपाली फुटबलको भविष्य अन्योलग्रस्त छ। एफसी र एन्फाले पटक-पटक निर्वाचनका लागि ताकेता गरे पनि अदालतमा मुद्दा फिर्ताको प्रक्रियासमेत सुरु हुन नसक्दा एन्फा अन्तराष्ट्रिय प्रतिबन्धको खतरामा कायमै रहेको हो।

एन्फाले दुई जिल्ला (भक्तपुर र मकवानपुर) को विवाद समाधान हुनासाथ अदालतमा भ्याकेट हाल्ने र निर्वाचन मिति घोषणा गर्ने बताए पनि निर्वाचन समपन्न भइसक्दासमेत अझै अदालतमा मुद्दा फिर्ता या अन्तिरिम आदेश खारेजीका लागि अदालत पुगेको छैन्। एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले अदालतमा दायर गरिएको मुद्दा फिर्ताको प्रक्रिया सुरु गरेर चाँडै चुनावको मिति सार्वजानिक गर्ने जानकारी दिए पनि उनले कहिले मिति तय हुन्छ भन्ने स्पष्ट पारेनन्।

श्रेष्ठले निर्वाचन कमिटी र आफ्ना कानुनी सल्लाहकारहरूसँग नियमित छलफल गरे पनि अदालती प्रक्रिया सुरु हुन सकेको छैन। श्रेष्ठले कानुनी सल्लाहकार तथा निर्वाचन कमिटीसँग छलफल गरेको भन्दै उनीहरूको सुझाबअनुसार ३-४ दिनभित्रमै अदालती प्रक्रिया पूरा हुने र चाँडै निर्वाचन हुने जानकारी दिए।

१४ चैतका लागि तय भएको एन्फा निर्वाचन उच्च अदालत पाटनमा मुद्दा परेसँगै स्थगित भएको थियो। दुई जिल्लामा रहेको विवाद समाधान भइसकेकाले चाँडो निर्वाचन गर्न एन्फामाथि दबाब पर्दै गएको छ। एएफसी तथा फिफाले चाँडो निर्वाचन गर्न एन्फालाई चेतावनी दिँदै आएको छ।

अध्यक्षका प्रत्याशी कर्मा छिरिङ शेर्पाले दुई दिनको समय दिएको भन्दै दुई दिनभित्र मुद्दा फिर्ता भएर एक प्रक्रियामा फुटबल अघि नबढे नयाँ तरिकाले अघि बढ्ने बताए। उनले फुटबल जोगाउन रिले अनशन सुरु गर्ने जानकारी दिए।

शेर्पाले लिग नभएको वर्षौं भएको तथा सबै प्रक्रिया अवरुद्धजस्तै बनेकाले नेपाली फुटबल ठूलो समस्यामा रहेको बताए। उनले फुटबल जोगाउने र नजोगाउने पक्षबीचको तनाव भएको बताए। उनले एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ निकासका लागि प्रतिबद्ध भए पनि उनलाई कानुनी सल्लाह दिने व्‍यक्तिहरूनै कसैबाट परिचालित भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.