|

'महिलाहरूलाई मासुको चोक्टा'का रुपमा लिने भन्दै एफबिआईका पूर्व प्रमुख जेम्स कोमीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति पदमा बसिरहन नैतिक रुपमा अयोग्य भएको बताएका छन्।

एफबिआई प्रमुखबाट गतवर्ष बर्खास्त गरिएका कोमीले पहिलोपटक मिडियालाई दिएको अन्तर्वार्तामा ट्रम्प नैतिक रुपमा राष्ट्रपति भइरहन योग्य नभएको बताएका हुन्। कोमीलाई ट्रम्पले बर्खास्त गरेका थिए।

उनले ट्रम्पका लागि सत्यले मूल्य नै नराख्ने बताए।

अमेरिकी टिभी एबीसीलाई कोमीले दिएको अन्तर्वार्ता प्रशारण भएको केहीपछि ट्रम्पले प्रतिक्रिया दिएका छन्। उनले कोमीले धेरै झूट बोलेको  बताए।

कोमीले ट्रम्पलाई दिमागी रुपमा अयोग्य भएको र भूल्ने बिरामी भएको कुरा भने अश्वीकार गरेका छन्। उनले भने, 'मलाई यो लाग्दैन कि ट्रम्प मेडिकलको तवरबाट राष्ट्रपति बन्न अयोग्य छन्, मलाई के लाग्छ भने उनी नैतिक रुपमा राष्ट्रपति पदमा रहिरहन अयोग्य व्यक्ति हुन्।'

कोमीले अमेरिकाको राष्ट्रपतिले सबैको सम्मान पाउनुपर्ने र पाउन लायक बन्नुपर्ने बताए। उनले राष्ट्रका मूल्य र मान्यतालाई सम्मान गर्ने व्यक्ति मात्रै राष्ट्रपति हुनुपर्ने बताए। कोमीले राष्ट्रपति मूख्य रुपमा सत्य हुनुपर्ने बताए। उनले वर्तमान राष्ट्रपति ट्रम्प यी सबै कुरामा अयोग्य भएको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.