|
File Photo

चितवन : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार देशमा आर्थिक समृद्धि र विकासतर्फ भन्दापनि अधिनायकवादको विकास गर्न उद्दत भएको आरोप लगाउका छन्।

 उनले सरकारले अधिनायकवाद सुरु गरिसकेको आरोप लगाएका हुन्।

भरतपुर विमानस्थलमा सोमबार पत्रकारहरूसँग कुरा गर्दै उनले मनोमानी ढंगले सरकारले काम गरिरहेको बताए।

देउवाले भने, “सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ। अधिनायकवाद सुरु भइसक्यो। मनोमानी बढ्यो।” अर्को प्रश्नमा व्यङ्ग्य गर्दै सभापति देउवाले भने, “अब विकास गर्छन्, अधिनायकवादको।”

सरकारको एक सय दिन हनिमुन समय भएको भन्दै उनले काम हेर्ने बताए। “सुरुकै कामबाट धड्काधड्की विकास भएको छ,” उनले व्यङ्ग्य गर्दै भने, “कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन्।”

पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उनले दुईवटा पार्टी मिलेपछि निर्वाचनमा जित हार हुने कुरा स्वाभाविक भएको बताए। उनले प्रजातन्त्रको रक्षाका लागि लड्ने र प्रजातन्त्रको मूल्य मान्यताअनुसार जनताको अधिकारका लागि कांग्रेस लडिरहने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.