|

काठमाडौं : फिल्म 'वीराङ्गना'को प्रदर्शन मिति तय भएको छ। 

शिल्पा पोखरेल र अनुपविक्रम शाही अभिनित यो फिल्म असार २९ गतेबाट प्रदर्शनमा आउने भएको हो। निर्देशक राजबहादुर सानेले आफ्नो जन्मदिनको अवसर पारेर फिल्मको प्रदर्शन मिति तय गरेका हुन्। 

नारी प्रधान एक्सन फिल्ममा शिल्पा र अनुपसँगै पृथ्वीराज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतको अभिनय रहेको छ।

'फोर्थ आई मुभिज'को ब्यानरमा निर्माण भएको फिल्ममा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार र विमला भट्टको संयुक्त लगानी रहेको छ। फिल्ममा देव तामाङ सह निर्माताको रुपमा रहेका छन्।

फिल्मको वितरणको जिम्मा काठमाडौंमा 'बि के फिल्मस्' र काठमाडौं बाहिर एफडि कमपनीले लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.