समाज : सुरक्षा/अपराध

'लिभिङ टुगेदर' रहेकी महिला कोठामा जान नमान्दा हत्या
SHARES

बैशाख ३, २०७५

    काठमाडौं : टोखा नगरपालिका- ७ धापासी बस्दै आएकी गोरखाकी पूर्णिमा विकको आइतबार हत्या भयो।

    उनको हत्या गर्ने व्यक्ति सोमबार बिहानै पक्राउ परेका छन्। हत्या गर्ने व्यक्तिलाई प्रहरीले धापासीबाटै पक्राउ गरेको हो। केही समयदेखि उनीसँगै बस्दै आएका पर्साका विजय तामाङले उनको हत्या गरेको प्रहरीले बताएको छ। महिलाको हत्या भएको प्रहरीमा सूचना पुगेपछि महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले तामाङलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

    यसरी भएको थियो पूर्णिमाको हत्या

    पूर्णिमा विक (३२) र विजय तामाङ (३०) सात महिनादेखि लिभिङ टुगेदरमा बस्दै आएका थिए। उनीहरू घर निर्माणमा मिस्त्री काम गर्दै आएका थिए। राम्रो आम्दानी गर्दै आएका उनीहरूले कोठामा बसेर मादक पदार्थ सेवन गर्ने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ। 

    सँगै बस्न थालेको केही महिनापछि उनीहरूबीच मनमुटाव सुरु भएको थियो। यसका कारण पूर्णिमा कहिले कोठामा आउने त कहिले बाहिरै बस्ने गर्न थालेकी थिइन्।

    पूर्णिमाको व्यवहारले विजय हैरान हुँदै गएका थिए। यसका कारण उनीहरूबीच पटक-पटक झगडा हुने गरेको विजयले प्रहरीलाई बयानका क्रममा बताएका छन्। 

    विजयका अनुसार आइतबार साँझ पनि दुवै जना सँगसँगै कामबाट कोठामा फर्किएका थिए। धापासी हाइटमा पुगेर उनीहरू भट्टी पसलमा छिरे र रक्सी खाए।

    रक्सीको मात शरीरमा चढ्दै गएपछि पूर्णिमाले विजयलाई गाली गर्न थालेको विजयले बयानका क्रममा बताएका छन्। झगडा बढ्दै गएपछि पूर्णिमाले विजयसँग कोठामा नजाने भन्न थालिन्। जति जोडबल गरे पनि पूर्णिमा कोठामा जान राजी नभएपछि विजयले आफूलाई रिस उठेको र त्यही झोँकमा पूर्णिमालाई तानेर सडक छेउ लगेर टाउकोमा ढुंगाले हानी हत्या गरेको स्वीकारेका छन्।

    पूर्णिमाको हत्यापछि रक्सीको मातमा रहेका विजय कोठामा गएर भात पकाएर खाएर सुते। बिहान महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएका थिए र विजयको हुलियासमेत टिपाएका थिए। 

    विजयको खोजीमा रहेको प्रहरीले उनलाई धापासीबाटै पक्राउ गरेको थियो। विजयले हत्या गर्न प्रयोग गरेको ढुंगा र रगतले लत्पतिएको कपडा कोठाबाट बरामद गरेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]