|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले विद्यार्थीले परीक्षामा किताब सारेर र छलफल गरेर लेख्ने नीति ल्याउनुपर्ने बताएका छन्। अहिलेको शिक्षा नीतिले विद्यार्थीमा आतंक मच्चाएको भन्दै परीक्षामुखीभन्दा पनि व्यावसायिक शिक्षाको नीति ल्याउनुपर्ने उनले बताएका हुन्।

सोमबार एकीकृत अखिल नेपाल शिक्षक संगठनले काठमाडौंमा गरेको कार्यक्रममा प्रचण्डले अबको शिक्षा समाजवादी शिक्षा हुनुपर्ने बताए। ‘पुँजीवादी शिक्षामा विद्यार्थीका लागि शिक्षा एउटा आतंक हुने गर्छ। परीक्षा विद्यार्थी स्वयंका लागि आतंक हुने गरेको छ', उनले भने, 'कुनै विद्यार्थीको कुनै खास विषयमा क्षमता छ तर सबै विद्यार्थीलाई एउटै प्रश्न राखेर जाँदा त्यसले दिने भनेको चाहिँ वास्तवमा पुँजीवादी चेतना नै हो।’ 

यस्तो शिक्षाले समाजमा आतंक फैलाउने उनले बताए। पढाइलाई विद्यार्थीले सहज ढंगले लिन सक्नुपर्ने उनको भनाइ थियो। उनले भने, ‘विद्यार्थीले शिक्षालाई सहज रूपमा लिनुपर्छ, आतकंका रूपमा लिन हुँदैन। विद्यार्थीले परीक्षामा छलफल गरेर वा किताब हेरेर लेख्न पाउने बनाइदिए पनि हुन्छ।'

'उनीहरूले स्वतन्त्र भएर र आनन्दले परीक्षा दिन पाउनुपर्छ’, प्रचण्डले भने। समाजवादी शिक्षा प्रणालीमा शिक्षालाई विद्यार्थीले जिम्मेवारीका रूपमा मात्र लिनुपर्ने उनको भनाइ थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.