|

धनगढी : ७ नम्बर प्रदेशको आंशिक बजेट यसै हप्ता आउने भएको छ।  प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा आशिंक बजेटको अन्तिम तयारीमा जुटेको मन्त्रालयले जानकारी दिएको छ । 

आंशिक बजेका लागि आन्तरीक तथा बाह्य तयारी गरिरहेका मन्त्री बोहराले प्रदेशका मन्त्री, प्रदेश सभा सदस्यहरु, प्रदेशका ८८ स्थानीय निकायका प्रमुखहरु, उद्योगी व्यापारी, शिक्षाविद् र सरोकारवालाहरुसँगको छलफल सिध्याएर सकेका छन्। 

बजेट सिलिङ सबै मन्त्रालयबाट आर्थिक मामिला तथा योजना मन्त्रालय आई सकेको समेत मन्त्री बोहराले बताए। मन्त्री बोहराले भने ‘यस आर्थिक  बर्ष भित्र सम्पन्न हुनेखालका योजना निमार्ण हुँदैछन्, जनतालाई प्रत्यक्ष लाभान्वीत हुने गरी योजनाको निमार्ण तथा बितरण गरिएको छ ।’

प्रदेश सरकारले ल्याउन थालेको बजेटको आकार भने एक अर्ब दुई करोड ५ लाख को रहने छ । प्रदेशका स्थानीय तह तथा मन्त्रालयबाट आएका योजनाको आबश्यकताका आधारमा प्राथमिकिकरण गरेर योजना छनौट गरिएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रदेश सरकारले छोटो प्रभाकारी बजेट तय गरेको अर्थमन्त्रीका प्रेस सल्लाहकार भरत बोहराले बताए । बोहराले भने ‘ आंशिक बजेटबाट पनि अधिकांस क्षेत्रको आबश्यकताका आधारमा सम्बोदन गर्ने प्रयास भैरहेको  छ ।’  बजेटको तयारी स्वरुप मन्त्री बोहराले बिभिन्न क्षेत्रका ब्यक्तीसंग सामुहिक तथा छुट्टाछुट्टै छलफल गर्र्दै आएका थिए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.