गाईगोरुको मासुमा तिब्बतियनको अत्यधिक रुचि

|

कालीकोट कर्णालीको उत्तरी नाका हुम्लाको हिल्सा, मुगुको नाक्चे लाक्ना र डोल्पा मोरिल्लाबाट गाईगोरु चीनमा तस्करी हुने गरेको छ। यी उत्तरी नाकामा भन्सार कार्यालय र प्रहरी उपस्थिति निम्न भएका कारणले चीनतर्फ तस्करी हुने गरेको हो। कर्णालीको तल्लो क्षेत्र र बाजुरा र अछामबाट गाईगोरु किनेर कर्णालीका हुम्ला, जुम्ला, डोल्पा र मुगुका स्थानीयवासीले चीन लगी बेच्ने गरेका छन्। 

नाकाबाट तस्करी हुने भए पनि गाईगोरुकाे कति स‌ंख्या हाे त्यसको कुनै जानकारी नभएको मुगु कार्मारोङ गाउँपालिका स्थानीय ग्याल्छेन लामाले बताए। ‘गर्मी समयमा भएपछि चीनतर्फ हजारौँ गाई र गोरु जाने गरेका छन्।’ लामाले भने, ‘तर, कति जान्छन् त्यसको कुनैसँग तथ्यांक भन्सार कार्यालयमा छैन।’

चीनमा नेपाली गाईगोरुको माग उच्च रहेको चीनको हिल्सामा जेठ असारमा लाग्ने मेलाका लागि लैजाने तयारी भएकाे हाे। त्यहाँकाे मेलाका लागि कर्णाली तल्लो क्षेत्रबाट ६० बढी गाईगोरु किनेर चीनमा बिक्री गर्न लैजान लागेका कालिकोटको तिलागुफा नगरपालिका नाग्म बजारमा भेटिएका हुम्ला वीरबहादुर बुढाले बताए। ‘जेठ असारमा तिब्बतमा ठूलो व्यापार मेला लाग्ने गरेको छ।’ उनले भने, ‘त्यहाँ बिक्री गर्नका लागि गाईगोरु लगेको हुँ।’

हुम्ला, मुगु र डोल्पाबाट गाईगोरु चीनको तिब्बतमा बिक्री हुने गरेको आफूले थाहा पाएको तर, के कामले कति गाईगोरु तिब्बत जान्छन् त्यसको कुनै जानकारी नभएको हुम्ला खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावलले बताए। ‘हुम्ला, मुगु र डोल्पाका नाकाबाट गाई र गोरुहरू चीनमा बिक्री हुने गरेका छन्।’ उनले भने, ‘तर, के कामका बिक्री हुन्छन्। त्यसबारे मलाई थाहा छैन।’

चीनको उत्तरी नाकाबाट गाई र गोरुको चीनमा तस्करी हुने गरेको तिब्बतका स्थानीयहरू गाईगोरुको मासु निकै रुचाउने हुनाले बर्सेनि हजारौँ संख्यामा गाईगोरु बिक्री हुने गरेको डोल्पा छार्का ताङसोङ गाउँपालिका नोर्वे लामाले बताए। ‘चीनमा गाई गोरुको मासुको खपत उच्च रहेको छ।’ उनले भने, ‘सधैँ गर्मीयाममा गाई गोरुको तस्करी हुने गरेको छ।’

चीनसँग उत्तरी नाका जोडिएका भन्सार कार्यालय नभएका कारणले गाईगोरु चीन जाने गरेको त्यसलाई रोक्न नसकिएको छार्का ताङसोङ गाउँपालिकामा अध्यक्ष सोनाम गुरुङले बताए। ‘कर्णालीका उत्तरी नाकाबाट गाई गोरुको चीन जाने गरेका छन्।’ उनले भने, ‘उत्तरी नाकामा भन्सार कार्यालय नहुँदा त्यसलाई रोक्न सकिएको छैन।’

कर्णालीका उत्तरी नाकामा यसै आर्थिक वर्षमा भन्सार कार्यालय स्थापना गर्ने प्रदेश सरकारले तयारी गरेको कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले बताए। ‘यसै आर्थिक वर्षमा कर्णाली उत्तरी नाकामा भन्सार कार्यालय स्थापना गरिने भएको छ।’ उनले भने, ‘त्यसले आन्तरिक राजश्व वृद्धि हुनेछ र आयात निर्यातको जानकारी लिन सजिलो हुनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.