|

काठमाडौं : काठमाडौंबाट इन्धन भर्नको लागि भारत जाँदै गरेको ना ४ ख ५३६८ नम्बरको ट्यांकरबाट प्रहरीले १६० केजी अवैध गाँजा बरामद गरेको छ। इन्धन बोक्ने ट्यांकरभित्र लागुऔषध गाँजा तस्कर हुँदै गरेको छ, भन्ने सूचनाको आधारमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ झ्याप्ले खोलाबाट प्रहरीले ट्यांकरसहित दुई जनालाई नियन्त्रणमा लिएको  लागुऔषध नियन्त्रण व्युरो कोटेश्वरका प्रहरी नायव उपरीक्षक प्रेम शाहीले जानकारी दिए।

पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका-११ का सोमबहादुर थोकर र सोही नगरपालिका कैलाश गाउँपालिका-२ का इमानसिंह स्याङबो रहेका छन्। पक्राउ परेका दुवैजना लामो समयदेखि लागुऔषध गाँजा कारोबारमा संलग्न देखिएकाले थप अनुसन्धान भइरहेको उपरीक्षक शाहीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.