|

ताप्लेजुङ : ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका- १ नाङ्खोल्याङमा आइतबार राती एक घरमा आगलागी हुँदा दुई लाख रुपैयाँ बढीको क्षति भएको छ।

स्थानीय लक्ष्मण राईको एक तले घरमा अचानक आगलागी हुँदा घर र घरभित्रका सम्पूर्ण सामान जलेर नष्ट भएका हुन्। अागलागीबाट २ लाख १० हजार वरावरको धनमाल क्षति भएको पीडित रार्इले बताए।

आगलागीबाट मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ। आगलागी स्थानीयको सक्रियतामा तीन घण्टापछि नियन्त्रणमा लिइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.