|

अंकारा : उत्तर-पश्चिमी सिरियाको आफ्रिन प्रान्तमा नौ जना सैनिक मारिएका छन् भने १३ जना घाइते भएका छन्। 

उक्त क्षेत्रमा सोमबार बिहान भएको एक झडपमा परी नौ जना टर्किस् सैनिक मारिएका बताइएको छ। टर्कीको सैनिक स्रोतले बिहीबार उक्त जानकारी दिएको हो। 

उक्त क्षेत्रमा त्यहाँका स्थानीय विद्रोही र टर्किस् सैनिकबीच भिडन्त भएको थियो। झडपको विस्तृत समाचार भने प्राप्त भएको छैन। 

टर्कीको सेनाले जारी गरेको विज्ञप्तिअनुसार टर्किस् सेनाको ‘ओपसन ओलिभ ब्रान्च’ले सिरियाको आफ्रिनमा सुरु गरेको कारबाहीको क्रममा ज्यान गुमाउने सैनिकको संख्या ५० पुगेको छ। 

उक्त क्षेत्रमा केही दिनयता टर्कीको सेनाले हवाई कारबाही पनि गर्ने गरेको समाचारमा जनाइएको छ। सिरियामा गत शनिबार अमेरिकी नेतृत्वमा फ्रान्सेली र बेलायती सेनाले पनि आक्रमण गरेका थिए। 

उक्त आक्रमण कतै लक्षित नभई सिरियाली सैनिकले भण्डारण गरेको भनिएको रसायनिक हतियारको भण्डारणस्थलमा केन्द्रित भएको अमेरिकी अधिकारीले जनाएका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.